१३ बैशाख २०८१, बिहिबार

१० माओवादी एकतापछि पार्टीको नाम ‘नेकपा माओवादी केन्द्र’


Maoist-Center

काठमाडौं–व्यवस्थापिका संसदमा प्रतिनिधित्व नगर्ने अन्य साना ९ घटकलाई मिलाएर बिहीबार घोषणा गरिएको नयाँ पार्टी नेकपा (माओवादी केन्द्र)को केन्द्रीय समिति ६ सय ९९ रहेको घोषणा गरिएको छ। पुष्पकमल दाहाल नेतृत्वको सो नयाँ पार्टीको केन्द्रीय महाधिवेशन आयोजक समिति सो संख्या बराबर भएको घोषणाा गरिएको छ।

‘अहिलेलाई छ सय ९९ भनिएको छ, त्यो ७ सय पनि हुन सक्छ तर यही वर्षको अन्त्यमा महाधिवेशन गरेर जानेछौं,’ अध्यक्ष पुष्पकमल दाहालले भने। तर, उक्त केन्द्रीय समितिमा को को परे, त्यसको भने अझै टुंगो लाग्न सकेको छैन् । यति धेरै ठूलो संख्यामा राजनीतिक पार्टीको केन्द्रीय समिति बनेको नेपालमा पहिलो र एक मात्र घटना हो भने विश्वको पनि सम्भवतः पहिलो घटना हो। शान्ति प्रक्रियामा आउँदा ३५ सदस्य मात्रै केन्द्रीय समिति बिहीबारसम्म आइपुग्दा यति धेरै संख्याको बनेको हो। बिहीबारको संयुक्त एकता अधिवेशनले राजनीतिक प्रतिवेदन र अन्तरिम बिधान पारित गरेको छ।

तर, अध्यक्षमा दाहाललाई चयन गर्दै उक्त पार्टीले बाँकी सबैलाई केन्द्रीय आयोजक समितिको हैसियतमा राखेको छ । सबै पार्टीका स्थायी समिति सदस्य सचिवालय सदस्य हुने र ९ गते बस्ने आयोजक समितिको पूर्ण बैठकले पदाधिकारी चयन गर्ने जनाइएको छ । उक्त पदाधिकारी पनि जम्बो बन्नेछ, जो नेपालको इतिहासमा सबैभन्दा ठूलो पदाधिकारीको रेकर्ड राख्ने छ । नवनिर्वाचित अध्यक्ष दाहालले माओवादी एकताले राष्ट्रिय एकता बलियो भएको जनाउँदै संविधान कार्यान्वयनलाई प्राथमिकतामा राखेर बाँकी उपलब्धिका लागि संघर्ष गर्ने जनाएका छन्। नयाँ शक्तिका संयोजक बाबुराम भट्टराईप्रति लक्षित गर्र्दै दाहालले भने, ‘हिजो जनसत्ताको प्रमुखको हैसियतमा हजारौं निर्देशनमा बलिदानी दिएका छन, अहिले नयाँ शक्ति भन्दै बुर्जवालाई च्यापेर अर्को स्थानमा गए भनेर मुक्त हुन पाउनु हुन्न, फर्केर यतै आउनुहोस्।’ उनले बैद्यलाई पनि पार्टी एकीकरणमा आउन आग्रह गरेका छन्।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !