४ बैशाख २०८१, मंगलबार

राजेन्द्र राई प्रदेश १ को मुख्यमन्त्रीमा नियुक्त


राजेन्द्र राई

विराटनगर । प्रदेश १ मा नेकपा (एकीकृत समाजवादी) पार्टीका संसदीय दलका नेता राजेन्द्र राई प्रदेश १ को मुख्यमन्त्रीमा नियुक्त भएका छन् । प्रदेश १ का प्रदेश प्रमुख सोमनाथ अधिकारी प्यासीले आज मंगलबार राईलाई नेपालको संविधानको धारा १६८ को उपधारा (२) अनुसार मुख्यमन्त्रीमा नियुक्त गरेका हुन् ।

प्रदेश १ मा भीम आचार्यले मुख्यमन्त्री पदवाट दिएको राजीनामा प्रदेश प्रमुख सोमनाथ अधिकारी प्यासीले स्वीकृत गरी मुख्यमन्त्री पदमा दावी पेश गर्न आह्वान गरेलगत्तै हिजै राईले मुख्यमन्त्री पदमा दाबी पेश गरेका थिए ।

नवनियुक्त मुख्यमन्त्री राईको आजै मंगलबार अपरान्ह ३ बजे शपथग्रहण हुने प्रदेश प्रमुखको कार्यालय स्रोतले जानकारी दिएको छ । नवनियुक्त मुख्यमन्त्री राईले आज मंगलबार नै ५ सदस्यीय मन्त्रिपरिषद् गठन गर्ने तयारी गरेका छन् ।

प्रदेश १ मा पनि बाग्मती प्रदेशमा जस्तै कांग्रेसले यसअघि आलोपालो सरकार बनाउने प्रस्ताव गरेपनि सो विषयमा केन्द्रमा नै शीर्ष नेताहरु बसेर टुंगो लगाउने तयारी गरिएको छ ।

राजेन्द्र राई प्रदेश १ को मुख्यमन्त्रीमा नियुक्त


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !