७ पुस २०८१, आइतबार

प्रधानन्यायाधीशलाई बहिर्गमनको लागि समय दिने न्यायाधीशहरूको निष्कर्ष


सर्वोच्च अदालत

काठमाडौं । सर्वोच्च अदालतका न्यायाधीशहरुको बैठकले प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरालाई बहिर्गमनको लागि केही समय दिने निष्कर्ष निकालेको छ ।

चौतर्फी विरोधका वावजूद प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा आज आइतबार इजलासमा बसेपछि सर्वोच्चका न्यायाधीशहरुको बसेको बैठकले जबरालाई सम्मानजनक बहिर्गमनकै पक्षमा रहेको निष्कर्षमा निकालेका हुन् ।

आज आइतबार पनि इजलासमा नबसेका न्यायाधीशरुले भोलि सोमबार पनि मुद्दा नहेर्ने भएका छन् भने केही न्यायाधीश प्रधानन्यायाधीश जबरासँग अनौपचारिक छलफलमा समेत जुटेका छन् ।

उनीहरुले केही दिनदेखि इजलास बहिस्कार गर्दै आएका छन् । यसअघि बसेको न्यायाधीशहरुको बैठकले प्रधानन्यायाधीश जबरालाई राजीनामा दिएर मार्ग प्रशस्त गर्न आग्रह गरेको थियो ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !