१३ बैशाख २०८१, बिहिबार

चौतर्फी विरोधका वावजूद इजलासमा बसे प्रधानन्यायाधीश जबरा


चोलेन्द्रशम्शेर जबरा

काठमाडौँ । चौतर्फी विरोधका वावजूद प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा आज आइतबार इजलासमा बसेका छन् भने सर्वोच्च अदालतका बाँकी न्यायाधीशहरु भने छलफलमै रहेका छन् । उनीहरुले केही दिनदेखि इजलास बहिस्कार गर्दै आएका छन् ।

यसअघि बसेको न्यायाधीशहरुको बैठकले प्रधानन्यायाधीश जबरालाई राजीनामा दिएर मार्ग प्रशस्त गर्न आग्रह गरेको थियो । जबराले आइतबार आफ्ना लागि एकल र संयुक्त इजलास तोकेका छन् ।

प्रधानन्यायाधीश जबराको राजीनामाको माग गर्दै कानुनविद्हरुले आइतबार पनि सर्वोच्च परिसरमा आन्दोलन गरेका थिए । नेपाल बार एसोसिएसनले प्रधान न्यायाधीश राणाको राजीनामा माग गर्दै आइतबारदेखि कालोपट्टी बाँधेर विरोध प्रदर्शन सुरु गरेका छन् ।

बुधबारसम्म पनि राजीनामा नआए आन्दोलनका थप कार्यक्रमहरु घोषणा गरिने बारको भनाई छ । उनीहरुले यसबीचमा कुनै पनि मुद्धाको सुनुवाई नगर्न प्रधान न्यायाधीश राणालाई समेत आग्रह गरेका छन् । प्रधानन्यायाधीश राणाले भने आफूले प्रक्रियाभन्दा बाहिर गएर राजीनामा नदिने भन्दै महाअभियोग लगाएर हटाउन चेतावनी दिइरहेका छन् ।

नेपाल बार एशोसिएसनले प्रधानन्यायाधीश जबरालाई इजलासमा नबस्न आग्रह गरेको थियो । न्यायालयमा पछिल्लो समय देखिएको विवादका क्रममा सर्वोच्च अदालतका अधिकांश न्यायाधीशका साथै बार एशोसिएसनले प्रधानन्यायाधीश जबरालाई राजीनामाका लागि दबाब दिँदै आएका छन् ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !