८ जेष्ठ २०८१, मंगलबार

नेकपा एमालेको केन्द्रीय कमिटी बैठक आज बस्दै


नेकपा (एमाले)

काठमाडौं । नेकपा एमालेको केन्द्रीय कमिटीको बैठक आज तुलसीलाल प्रतिष्ठान च्यासलमा बस्दै छ । बिहान ११ बजे बस्ने बैठकले स्थायी कमिटीले पास गरेको राष्ट्रिय महाधिवेशनको मापदण्ड र कार्यतालिका अनुमोदन गर्ने प्रमुख सचेतक विशाल भट्टराईले जानकारी दिए ।

आजको केन्द्रीय कमिटी बैठकमा वडा र पालिका अधिवेशनको रिपोर्टिङ तथा समीक्षा पनि हुने प्रमुख सचेतक भट्टराईले जानकारी दिए । नेकपा एमालेको वडा अधिवेशन कात्तिक ६ गते र पालिका अधिवेशन कात्तिक ९ गते भएका थिए ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !