११ श्रावण २०८१, शुक्रबार

संसद अधिवेशन अन्त्य गर्न राष्ट्रपतिलाई सरकारको सिफारिस


मन्त्रिपरिषद बैठक फाइल फोटो

काठमाडौं । सरकारले संसद अधिवेशन अन्त्य गर्न राष्ट्रपति बिद्यादेवी भण्डारीसमक्ष सिफारिस गरेको छ । आज बिहीबार बसेको मन्त्रिपरिषद्को बैठकले भोलि शुक्रबार मध्यरातदेखि अधिवेशन अन्त्यका लागि सिफारिस गरेको एक मन्त्रीले बताए ।

गत २३ भदौमा शुरु भएको अधिवेशनमा प्रमुख प्रतिपक्ष दल नेकपा एमालेले निरन्तर नाराबाजीका साथ अवरोध गर्दै आएको छ । एमालेको अवरोधका वावजुद सरकारले नयाँ बजेट पास गरेपनि अन्य विधेयकहरु पारित नभई संसदको अधिवेशन अन्त्य भएकोले संसदले प्रभावकारी भूमिका खेल्न नसकेको भनेर लाग्दै आएको आरोपलाई हटाउन भने सकेन् ।

यस्तै मन्त्रिपरिषद्को बैठकले विभिन्न तीन देशका राजदूत सिफारिस गरेको छ । सरकारले प्रधानमन्त्री शेरबहादुर देउवाको बेलायत भ्रमणको पूर्वसन्ध्यामा तीन देशका राजदूत नियुक्तिका लागि सिफारिस गरेको हो ।

मन्त्रिपरिषद्को बैठकले डा. शंकर शर्मालाई भारत, ज्ञानचन्द्र आचार्य बेलायत र श्रीधर खत्रीलाई अमेरिकाको राजदूत नियुक्त गर्न राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष सिफारिस गरेको हो ।

बैठकमा प्रधानमन्त्रीको बेलायत भ्रमणका विषयमा पनि छलफल गरेको थियो । साथै बाढी पीडितलाई राहत दिने निर्णय पनि सरकारले गरेको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !