२ जेष्ठ २०८१, बुधबार

भागबन्डाका विषयमा कुरा नमिल्दा एमाले र माओवादी एकता अड्कियो


CPN UML and Maoist

१९ चैत, काठमाण्डौ । नेकपा एमाले र माओवादीवीचको एकता प्रक्रिया सांगठनिक भागबन्डाका विषयमा कुरा नमिल्दा अड्किएको छ ।

नेपाल कम्युनिस्ट पार्टीको स्थापना दिवस अर्थात लेलिन जयन्ती (वैशाख ९ गते) का दिन एकता घोषणा तयारी गरिरहेका दुई दलवीच संगठनमा भागबन्डा अनुपात नमिल्दा प्रक्रिया थप लम्बिने संकेत देखिएको छ ।

माओवादी केन्द्रले बराबरी हैसियतमा पार्टी एकता र सांगठनिक भागबन्डा हुनुपर्ने विषय उठाएको छ तर, एमाले त्यसमा सकारात्मक देखिएको छैन । आजको नागरिक दैनिकमा समाचार छापिएको छ ।

एमालेले प्रदेशसभा तथा प्रतिनिधिसभा चुनाव परिणाम हैसियतमा पार्टी सांगठनिक भागबन्डा हुनेगरी एकता चाहेको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !