काठमाडौं । नेकपा एकीकृत समाजवादी पार्टीले मन्त्रीको नाम टुंगो लगाएको छ। स्रोतका अनुसार एकीकृत समाजवादी पार्टीले विरोध खतिवडालाई स्वास्थ्य तथा जनसंख्यामन्त्री बनाउने भएको छ ।
रामकुमारी झाँक्री संस्कृति, पर्यटन तथा नागरिक उड्डयन, प्रेमबहादुर आले शहरी विकास कृष्णकुमार श्रेष्ठ ‘किसान’श्रेष्ठ श्रम रोजगार तथा सामाजिक सुरक्षा र भवानी खापुङ राज्यमन्त्री बन्दैछन् ।
उनीहरुको नाम प्रधानमन्त्रीसमक्ष पठाइसकिएको स्रोतले बतायो ।