काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवा राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेट्न आज शुक्रबार दिउँसो शीतल निवास जाने भएका छन् । बालुवाटार स्रोतले नियमित भेटवार्ता भनेपनि आजै मन्त्रिपरिषद् विस्तार गरेर सपथ गराउने तयारीस्वरुप प्रधानमन्त्री देउवा राष्ट्रपति कार्यालय जान लागेको सहजै अनुमान गर्न सकिन्छ ।
बालुवाटार स्रोतका अनुसार प्रधानमन्त्री देउवा र राष्ट्रपति भण्डारीवीच समसामयिक राजनीतिक विषयमा छलफल हुने बताएको छ । गत असार २९ गते प्रधानमन्त्री बनेका देउवाले झण्डै तीन महिना पछि आज शुक्रबार मन्त्रिपरिषद्लाई पूर्णता दिन लागेका छन् ।
प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा हिजो विहीबार बसेको सत्ता गठबन्धनका शीर्ष नेताहरुको बैठकले मन्त्रालय बाँडफाँडको टुंगो लगाएपछि आज शुक्रबार प्रधानमन्त्री देउवाले मन्त्रिपरिषद् विस्तार गरेर सपथग्रहण समेत गराउन लागेका हुन् ।
यो पनि पढ्नुहोस्