१० मंसिर २०८१, सोमबार

संघीय गठबन्धनद्वारा भोलि बालुवाटार घेर्ने


madhesi andolan

काठमाडौँ : २७ दल सम्मिलित संघीय गठबन्धनले दुई दिन सिंहदरबार घेरिसकेपछि भोलि मंगलबार बालुवाटार घेराउ गर्ने निर्णय गरेको छ।

सिंहदरबार घेराउ गर्ने कार्यक्रम अन्तर्गत माइतीघर मण्डला र हनुमान स्थानमा कब्जा गरी दुई दिनदेखि धर्ना प्रदर्शन गर्दै आएको गठबन्धनले मंगलबार बिहान १० बजेदेखि प्रधानमन्त्री निवास बालुवाटार घेर्न लागेको हो।

यसअघि हिजो बसेको गठबन्धनको बैठकले सोमबार र मंगलबार सि‌ंहदरबार घेराउ जारी राख्ने भने पनि आन्दोलनको स्वरुप र स्थान परिवर्तन गर्दै गठबन्धनले मंगलबार बालुवाटार घेर्न लागेको हो।

माग सम्बोधन गराउन प्रधानमन्त्री केपी ओलीमाथि प्रत्यक्ष र प्रभावकारी दबाव दिन प्रधानमन्त्री निवास बालुवाटार घेराउ गर्न लागिएको गठबन्धनले जनाएको छ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !