६ जेष्ठ २०८१, आइतबार

एमालेवाट निर्वाचित स्थानीय तहका प्रमुख र उपप्रमुखसँगको भेला सुरु


नेकपा (एमाले)

काठमाडौं । सत्तारुढ दल नेकपा एमालेले आयोजना गरेको स्थानीय तहका प्रमुख तथा उपप्रमुखहरूको भेला ९ बजेदेखि सुरु भएको छ ।

पार्टीका तर्फबाट निर्वाचित प्रमुख तथा उपप्रमुखहरूको भेला जारी रहेको एक नेताले जानकारी दिए । भेलामा अब हुने स्थानीय तहको निर्वाचन र पार्टीले खेल्नुपर्ने भुमिकाका बारेमा छलफल भइरहेको छ ।

स्रोतका अनुसार एमाले विभाजनपछि स्थानीय तहमा पार्टीको अवस्था र त्यसको पूर्तिका लागि तय गर्नुपर्ने रणनीतिका बारेमा सहभागीहरूबाट हुने रिर्पोटिङपछि आवश्यक निर्देशन दिइने छ ।

एक नेताका अनुसार भेलामा एमालेका तर्फबाट निर्वाचित जिल्ला समन्वय समितिका प्रमुख, उपप्रमुख, महानगर, उपमहानगर र नगरपालिकाका प्रमुख, उपप्रमुख र गाउँपालिकाका प्रमुख उपप्रमुख सहभागी छन् ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !