६ जेष्ठ २०८१, आइतबार

एमाले विधान महाधिवेशनको तयारी पुरा, हलमा नअटेकालाई टेन्टमा राखिने


एमाले विधान महाधिवेशन

काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेकपा एमालेको विधान महाधिवेशनमा ६ हजारभन्दा प्रतिनिधि सहभागी हुने भएका छन् । भोलिदेखि ललितपुरको गोदावरीमा हुने महाधिवेशनको उद्घाटन एमाले अध्यक्ष केपी शर्मा ओलीले गर्ने एक नेताले जानकारी दिए ।

व्यवस्थापन समितिले बिहीबार पत्रकार सम्मेलन गर्दै हलमा प्रतिनिधिहरुको सिट प्लानिङ गरिएको छ । व्यवस्थापन समितिका अनुसार पदाधिकारी एवं स्थायी कमिटी सदस्यहरु मञ्चमा हुनेछन् भने मुल हलमा ३ हजार प्रतिनिधि रहनेछन् ।

७ हजार मानिसका लागि बस्ने व्यवस्था मिलाइएको व्यवस्थापन समितिका संयोजक रामबहादुर थापा बादलले बताए । सहभागीहरुलाई विहानको खाना र दिउँसोको खाजा महाधिवेशन स्थलमा नै व्यवस्था गरिएको छ ।

साँझाको खाना भनेको बास बसेकै स्थानमा वा आफैं व्यवस्थापनमा खानुपर्नेछ । आवासका लागि प्रदेश तथा जिल्ला सम्पर्क मञ्चहरुको सहयोगमा प्रदेश कमिटीहरुले नै व्यवस्था गर्ने प्रबन्ध मिलाइको व्यवस्थापन समितिले जनाएको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !