१३ बैशाख २०८१, बिहिबार

परराष्ट्रमन्त्री खड्काको शपथ बदर गर्न माग गर्दै सर्वोच्चमा रिट दायर


डा. नारायण खड्का फाइल फोटो

काठमाडौं । नवनियुक्त परराष्ट्रमन्त्री डा. नारायण खड्काको पद तथा गोपनीयताको शपथ बदर गर्न माग गर्दै सर्वोच्च अदालतमा आज रिट दायर भएको छ ।

मंगलबार अधिवक्ता विशाल न्यौपानेले शपथसम्बन्धी संघीय कानुन नै नभएको अवस्थामा राष्ट्रपति विद्यादेवी भण्डारीले असोज ६ गते परराष्ट्रमन्त्री डा. खड्कालाई पद तथा गोपनीयताको शपथ गराएकी थिइन् ।

अधिवक्ता न्यौपानेले कानुन नै नभएको अवस्थामा निस्क्रिय कानुनमा टेकेर गराएको शपथ अवैधानिक भएको भन्दै शपथ बदर गर्न माग गर्दै रिट दायर गरेका हुन् ।

केपी शर्मा ओली नेतृत्वको सरकारले ल्याएको शपथसम्बन्धी अध्यादेश संसदबाट पारित नभएपछि निष्क्रिय भएकोले हाल मुलुकमा शपथसम्बन्धी संघीय कानुन छैन ।

अधिवक्ता न्यौपानेले मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपतिबाट ‘शपथसम्बन्धी अध्यादेश, २०७८’ जारी भई जेठ ६ गते प्रमाणित भई सार्वजनिक पद धारण गर्ने व्यक्तिको शपथसम्बन्धी कानुन लागु भएकोमा संसद्को अधिवेशन प्रारम्भ भएपश्चात् सदनमा उक्त अध्यादेश पेशस भएर संविधानको धारा १४४ (२) ग अनुसार निस्क्रिय भइसकेको भन्दै उनको शपथ अवैधानिक भएको दाबी गरेका छन् ।

रिटमा संविधान बमोजिम शपथसम्बन्धी कानुन बनेर पुन शपथ नलिएसम्म परराष्ट्रमन्त्री खड्कालाई कामकाज गर्न नदिन अन्तरिम आदेश पनि माग गरिएको छ । त्यस्तै शपथसम्बन्धी संघीय कानुन बनाएर मात्र शपथ लिने व्यवस्था मिलाउन सरकारका नाममा परमादेश पनि माग गरिएको छ ।

सर्वोच्च अदालतले उनको रिटमा भोलि बुधबारलाई पेशी तोकेको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !