७ बैशाख २०८१, शुक्रबार

कांग्रेसको तुलसीपुर नगरसभापतिमा हमाल र घोराहीमा रावत निर्वाचित


क्रियाशील सदस्यताको सूची

दाङ । नेपाली कांग्रेसको १४औँ महाधिवेशनअन्तर्गत तुलसीपुर नगरसभापतिमा सुरेश हमाल ३६८ मत प्राप्त गरी विजयी हुनुभएको छ । उहाँका निकटतम प्रतिस्पर्धी अनिल कार्कीले २०८ मत प्राप्त गर्नुभएको छ ।

त्यस्तै उपसभापतिमा विनिल केसीले ३५९ र गौरव सुवेदीले २८५ मत प्राप्त गरी विजयी हुनुभएको छ । यसैगरी सचिवतर्फ विमल पौडेल ३२९ र सुशील वलीले २७५ मत प्राप्त गरी विजयी हुनुभएको छ भने सहसचिवमा शेषमणि भण्डारीले ३५१ र झनकबहादुर बस्नेतले ३३० मत प्राप्त गरी विजयी भएको निर्वाचन समितिका प्रवीण लम्सालले जानकारी दिनुभयो ।

तुलसीपुरमा कूल ५९३ मतदाता रहेकामा ५९१ मत खसेको थियो ।

त्यस्तै नेपाली कांग्रेस घोराही उपमहानगरपालिकाको सभापतिमा २८६ मत ल्याएर तिलक रावत निर्वाचित हुनुभएको छ । उहाँका प्रतिस्पर्धी नीरज गिरीले १६२ मत प्राप्त गर्नुभएको छ । उपसभापतिमा प्रदीप सुवेदीले २३५ र दुर्लभ केसीले २९४ मत ल्याई निर्वाचित हुनुभएको छ ।

सचिवमा भीमकान्त चौधरी, पुष्पराज आचार्य र सहसचिवमा चेतन बस्नेत, राजकुमार बस्नेत निर्वाचित भएका छन् । शनिबार भएको मतगणनाको नतिजा गएराति नै सार्वजनिक भएको हो । जिल्लाका दशपालिकामध्ये तीन पालिकामा शुक्रबार नै सर्वसम्मतिमा नयाँ नेतृत्व चयन भएको छ भने सात वटा पालिकामा मतदानबाट नयाँ नेतृत्व चयन भइसकेको कांग्रेसले जनाएको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !