३ आश्विन २०८१, बिहीबार

उपसभामुख तामाङद्धारा आफूलाई अनावश्यक विवादमा तानेको भन्दै ध्यानाकर्षण


radhika tamang

१३ चैत, नुवाकोट । प्रदेश नम्बर–३ का उपसभामुख राधिका तामाङले गौहत्या एवं त्यसको मासु प्रकरणबारे आफूलाई अनावश्यक विवादमा तानेको भन्दै ध्यानाकर्षण गराएकी छन् ।

सोमबार तामाङले एक प्रेस विज्ञप्ति जारी गर्दै सामाजिक सन्जाल तथा केही सन्चारमाध्यमले अमर्यादित गतिविधि देखाएको भन्दै त्यसबाट आफू दुःखी भएको उल्लेख गरेकी छन् ।

‘नेपाल तामाङ घेदुङले मकवानपुर, पदमपोखरीको घटना सम्बन्धमा यही चैत ७ गते गृहमन्त्रीसमक्ष राखेका विषयवस्तु ध्यानाकर्षणपत्रमा स्पस्ट उल्लेख गरिएको र सन्दर्भवश आफू त्यस टोलीमा सहभागी भएपनि केही अनलाइन मिडियाले नियोजितरुपमा नबुझी, पत्रकारिताको सामान्य मूल्यलाईसमेत ख्याल नगरी तथ्यलाई बंग्याएर गलत प्रचार गरी बदनाम गरेका हुन्’–उनले भनेकी छन् ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !