२१ जेष्ठ २०८१, सोमबार

प्रधानमन्त्री ओलीले भने, ‘गम्भीर मानवअधिकार उल्लंघनमा आममाफी दिँदैनौं’


Kp oli

१३ चैत, काठमाण्डौ । प्रधानमन्त्री केपी शर्मा ओलीले द्वन्द्वकालका गम्भीर मानवअधिकार उल्लंघनका घटनामा आममाफी नदिइने बताएका छन् ।

प्रधानमन्त्री ओलीले नेपालस्थित कूटनीतिक नियोगका प्रमुखका साथै विकास साझेदारलाई बालुवाटारमा बोलाएर आफ्नो सरकारको अवधारणा सार्वजनिक गरेका हुन् ।

संक्रमणकालीन न्यायका लागि सत्य निरुपण र मेलमिलाप आयोग सक्रिय रहेको भन्दै प्रधानमन्त्री ओलीले भने, ‘म फेरि भन्छु, मानवअधिकार र मानवीय कानुनको गम्भीर उल्लंघनमा आममाफी हुँदैन ।’


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !