२० बैशाख २०८१, बिहिबार

अध्यादेश र मन्त्रिपरिषद विस्तारबारे छलफल गर्न बालुवाटारमा बैठक


सत्ता गठबन्धनको बैठक फाइल फोटो

काठमाडौं । सत्ता गठबन्धनको बैठक प्रधानमन्त्री निवास बालुवाटारमा बोलाइएको छ । मन्त्रिपरिषद विस्तारका लागि सहमति जुटाउन आइतबार बिहान बोलाएको एक प्रधानमन्त्रीका सचिवालयले जानकारी दियो।

स्रोतका अनुसार बैठकमा अध्यादेशको खारेजी र मन्त्रिपरिषद विस्तारबारे छलफल हुँदैछ । स्रोतका अनुसार गठबन्धन बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवा, माओवादी अध्यक्ष पुष्पकमल दाहाल
प्रचण्ड, एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाल र जसपाका अध्यक्ष उपेन्द्र यादव लगायतको सहभागिता रहनेछ ।

बैठकमा राजनीतिक दल विभाजन सम्बन्धी अध्यादेश खारेज गरी मन्त्रिपरिषद विस्तार गर्ने विषयमा छलफल हुने स्रोतले बतायो ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !