काठमाडौं । नेपाली कांग्रेसका पूर्वमहामन्त्री प्रकाशमान सिंहले आगामी महाधिवशेनमा आफूलाई पार्टी सभापतिमा उम्मेद्वारी दिनबाट रोक्ने प्रयास भइरहेको खुलासा गरेका छन् ।
आज शनिबार नेपाली कांग्रेस काठमाडौं महानगर १७ नम्वर वडा कार्यसमितिले आयोजना गरेको कार्यक्रममा बोल्दै सिंहले आफूले पार्टीका लागि धेरै योगदान गरेको भन्दै आफू पार्टी सभापतिको योग्य उम्मेद्वार भएको दावी गरे ।
पार्टीका लागि केही नगर्नेहरु सभापतिको उम्मेद्वार हुनसक्ने तर काठमाडौंका सक्षम नेताले अवसर नपाउने अवस्था देखिएको उहाको भनाइ रहेको छ । राजनीति भनेको सेवाको क्षेत्र भएको भन्दै देश र पार्टीलाई अघि बढाउन सक्षम नेताको खाँचो रहेको उनले बताए ।