१ मंसिर २०८१, शनिबार

एकीकृत समाजवादी गठनमा हाम्रो पनि धेरै मेहनत छ : अध्यक्ष प्रचण्ड


प्रचण्ड

काठमाडौं । सत्तारुढ नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेकपा एकीकृत समाजवादी गठनमा आफूहरुको पनि धेरै मेहनत परेको दावी गरेका छन् ।

अध्यक्ष प्रचण्डले एकीकृत समाजवादी गठन गर्न माधव नेपाल र झलनाथ खनालको मेहनत परेको बताए। बिहीबार काभ्रेमा आयोजित एक कार्यक्रममा उनले एकीकृत समाजवादीसँग सहकार्य बढाउन कार्यकर्तालाई निर्देशन दिए ।

विगतमा माधव नेपाल समूहमा रहेका र हाल नयाँ पार्टी गठनमा साथ नदिएका नेताहरु घनश्याम भुसाल, योगेश भट्टराईलगायतका नेताहरु पनि एमालेमा धेरै नटिक्ने प्रचण्डले दावी गरे ।

बाबुराम भट्टराई, मोहन वैद्य, विप्लव र मोहनबिक्रम सिंहको पार्टीसँग सहकार्य गर्न प्रचण्डले काभ्रेका नेता कार्यकर्तालाई आग्रह गरे ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !