८ बैशाख २०८१, शनिबार

एकीकृत समाजवादीको उपाध्यक्षमा राजेन्द्र, प्रमेश, धर्मनाथप्रसाद र जयन्ती चयन


राजेन्द्र पाण्डे फाइल फोटो

काठमाडौं । नेकपा एकीकृत समाजवादी पार्टीले चार उपाध्यक्ष, एक महासचिव, तीन उपमहासचिव र चार सचिव चयन गरेको छ । उपाध्यक्षहरुमा राजेन्द्र पाण्डे, प्रमेश हमाल, धर्मनाथप्रसाद साह र जयन्ती राई चयन भएका छन् । बेदुराम भुसाल महासचिव र सचिवमा रामकुमारी झाँक्रीलाई चयन गर्ने भएको छ ।

त्यस्तैगरी उपमहासचिवमा गंगालाल तुलाधर, प्रकाश ज्वाला र विजय पौडेल छन् । सचिवहरुमा केशवलाल श्रेष्ठ, जगनाथ खतिवडा, नागेन्द्रप्रसाद चौधरी र झाँक्री चयन भएका छन् ।

बुधबार बसेको स्थायी कमिटीको बैठकले झाँक्रीलाई सचिव चयन गर्ने सहमति भएको हो ।

त्यस्तैगरी स्थायी कमिटी सदस्य, पोलिटव्युरो र केन्द्रीय कमिटीका सदस्यहरुको टुंगो लगाउन लागेको एक नेताले जानकारी दिए । पार्टीको अन्तरिम विधानमा १ जना अध्यक्ष, वरिष्ठ नेता १,उपाध्यक्ष ७, महासचिव १,उपमहासचिव २ र सचिव ७ गरी १७ जना पदाधिकारीसहित ११५ पुर्ण र ३६ बैकल्पिक गरी १५१ सदस्यीय रहने व्यवस्था गरेको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !