फाइल फोटो
काठमाडौं । नवनियुक्त परराष्ट्रमन्त्री डा. नारायण खड्काले पदको शपथ ग्रहण गरेका छन् । शितल निवासमा आयोजित समारोहमा राष्ट्रपति विद्यादेवी भण्डारीले खड्कालाई मन्त्री पदको शपथ ग्रहण गराएकी हुन् ।
मन्त्री खड्काले आजै परराष्ट्र मन्त्रालय पुगेर कार्यभार सम्हाल्ने कार्यक्रम छ ।
परराष्ट्रमन्त्री खड्का राति ८ः३० बजे संयुक्त राष्ट्रसंघको महासभामा भाग लिन न्युयोर्क जाने तय भएको प्रधानमन्त्री देउवाका सचिवालयले बतायो।
सोमबार साँझ बालुवाटारमा बसेको गठबन्धनको बैठकमा खड्कालाई परराष्ट्रमन्त्रीमा नियुक्त गर्ने सहमति भएको थियो।