११ बैशाख २०८१, मंगलबार

अन्तत: सर्‍यो अनेरास्ववियु (क्रान्तिकारी) को राष्ट्रिय सम्मेलन


प्रचण्ड र रंजित तामांङ

काठमाडौं । नेकपा (माओवादी केन्द्र) को विद्यार्थी संगठन अनेरास्ववियु (क्रान्तिकारी) को राष्ट्रिय सम्मेलन एक हप्ता पछि सरेको छ । यही असोज ८, ९ र १० गतेका लागि तय गरिएको सम्मेलन एक साता पछि सरेर असोज १४, १५, १६ गते हुने भएको हो ।

आवश्यक तयारी नपुगएकोले सम्मेलन सारिएको हो । पार्टीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को उपस्थितिमा बसेको बैठकले सम्मेलनको नयाँ मिति तय गरेको हो ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !