७ बैशाख २०८१, शुक्रबार

भूमि आयोग फेरि गठन गरेर देउवाले अध्यक्षमा नियुक्त गरे कांग्रेसनिकट निरौला


केशव निरौला

काठमाडौं । नेपाली काँग्रेसका सभापति समेत रहेका शेरबहादुर देउवा नेतृत्वको सरकारले भूमि आयोग फेरि गठन गरेको छ । हिजो मंगलबारको मन्त्रिपरिषद् बैठकले ‘राष्ट्रिय भूमि आयोग, २०७८’ गठन गरेर दुईजना पदाधिकारी पनि नियुक्त गरेको हो ।

देउवा सरकारले भूमि आयोगको अध्यक्षमा कांग्रेसनिकट नेपाल शिक्षक संघका पूर्वअध्यक्ष केशव निरौलालाई नियुक्त गरिएको छ । त्यस्तै आयोगको उपाध्यक्षमा नयन्द्र खड्का नियुक्त भएका छन् । निरौला र खड्काले बुधबार सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा शपथ लिएका छन् ।

अध्यक्ष नियुक्त भएका निरौला कांग्रेसको केन्द्रीय नीति अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानका सदस्य थिए । उनी नेपाल शिक्षक संघका पूर्वकेन्द्रीय अध्यक्ष समेत हुन् ।

यसअघि केपी ओली नेतृत्वको सरकारले देवी ज्ञवालीको अध्यक्षतामा गठन गरेको सुकुम्बासी समस्या समाधान आयोगलाई देउवा प्रधानमन्त्री भएपछि साउन १९ गते सो आयोग खारेज गरेपछि आलोचना भइरहेका बेला देउवाले अर्को आयोग गरेका हुन् ।

यसअघि ज्ञवालीले आयोग खारेजीविरुद्ध निवर्तमान अध्यक्ष ज्ञवालीले रिट हालेका थिए । तर उक्त रिटमाथि सुनुवाइ गर्दै अल्पकालीन अन्तरिम आदेश दिएको सर्वोच्च अदालतले अझै छिनोफानो गरिसकेको छैन ।

यो पनि पढ्नुहोस्

सर्वोच्चद्वारा भूमि आयोग सम्बन्धमा अल्पकालिन आदेश जारी

भूमिसम्बन्धी आयोग खारेज नगर्न सर्वोच्चको अन्तरिम आदेश

भूमि आयोग खारेज गर्ने निर्णय बदर गर्न माग गर्दै सर्वोच्चमा रिट दायर

भूमि आयोग खारेज गर्ने निर्णयविरुद्ध सर्वोच्चमा रिट दायर

भूमिसम्बन्धी समस्या समाधान आयोग खारेज गर्ने मन्त्रिपरिषद् निर्णयको


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !