७ बैशाख २०८१, शुक्रबार

सोम पाण्डे र शारदादेवी भट्टले एकीकृत समाजवादी रोज्न पाउने गरी सर्वोच्चको अन्तरिम आदेश


सोम पाण्डे

काठमाडौं । सर्वोच्च अदालतले एमालेका सांसद सोमप्रसाद पाण्डे र शारदादेवी भट्टले नेकपा (एकीकृत समाजवादी) पार्टी रोज्न पाउने गरि सर्वोच्च अदालतले अन्तरिम आदेश दिएको छ ।

न्यायाधीश ईश्वर खतिवडा र नहकुल सुवेदीको संयुक्त इजलासले आज उक्त आदेश दिएको हो । यसअघि पाण्डे र भट्टलाई नेकपा (एकीकृत समाजवादी) को पक्षमा सनाखत गर्न दिईएको थिएन । उनीहरुले नेकपा (एकीकृत समाजवादी) पार्टीमा सनाखत गर्न पाउँ भनेर रिट हालेका थिए ।

 


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !