६ बैशाख २०८१, बिहिबार

प्रतिनिधिसभा बैठक असोज ४ गतेसम्मका लागि स्थगित


काठमाडौं । प्रतिनिधिसभा बैठक असोज ४ गतेसम्मका लागि स्थगित भएको छ । बजेट पारित नहुँदै मंगलबारको प्रतिनिधिसभा बैठक असोज ४ गतेसम्मका लागि स्थगित भएको हो ।

आजको बैठकले विनियोजन विधेयक विचार गरियोस् भन्ने प्रस्ताव पारित गरेको छ । तर संशोधनसहित बजेट पारित नगरी बैठक असोज ४ गतेसम्मका लागि स्थगित भएको हो ।

बैठकमा अर्थमन्त्री जनार्दन शर्माले विनियोजन विधेयकमाथि विचार गरियोस् भन्ने प्रस्ताव पेश गरेका थिए । उक्त प्रस्ताव बहुमतले पारित गरेपछि बैठक स्थगित गरिएको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !