७ बैशाख २०८१, शुक्रबार

नेपाली कांग्रेस (बीपी)को विशेष महाधिवेशन भदौ ३० देखि


नेपाली कांग्रेस

काठमाडौँ । नेपाली कांग्रेस (बीपी)को विशेष महाधिवेशन यही भदौ ३० देखि काठमाडौँमा हुने भएको छ । नेपाली कांग्रेस (बीपी)ले आज पत्रकार सम्मेलन गरी पार्टीको आधिकारिक धारणा बनाउन विशेष महाधिवेशन गर्न लागेको जानकारी दिएको हो ।

सम्मेलनमा नेपाली कांग्रेस (बीपी)का सभापति हरिबोल भट्टराईले नेपाली कांग्रेस (बीपी) किन बनाउनुप¥यो ? यसको नीति, उद्देश्य, योजना र कार्यक्रम के के छन् ? सङ्गठनात्मक नीति तथा कार्यनीति कस्तो छ ? अन्य पार्टीसँग कस्ता मतभेद छन्लगायतका प्रश्नको उत्तर दिन भदौ ३० देखि असोज १ गतेसम्म विशेष महाधिवेशन गर्न लागिएको जानकारी दिनुभयो ।

नेपाली कांग्रेस (बीपी)ले एमसिसी सम्झौता खारेज गर्न, भ्रष्टाचारीलाई कारबाही गर्न, पेट्रोलियम पदार्थको मूल्य नियन्त्रण गर्न, निर्मला हत्या काण्डलगायतका बलात्कारका घटनाका दोषीलाई कारबाही गर्न पत्रकार सम्मेलनमार्फत सरकारको ध्यानाकर्षणसमेत गरेको छ ।

पार्टीका महामन्त्री सुशीलमान शेरचनले बीपी कोइरालाद्वारा प्रतिपादित विचार पार्टीको विचार भएको भन्दै नेपाली कांग्रेस (बीपी)ले राष्ट्रियता, प्रजातन्त्र र समाजवादलाई पार्टीको मूल सिद्धान्त मान्ने बताउनुभयो । उहाँले समावेशी सिद्धान्तको मर्मलाई पूर्णरूपमा आत्मसाथ गर्दै नेपाली कांग्रेस (बीपी) अगाडि बढ्ने स्पष्ट पार्नुभयो ।

नेपालको प्रजातान्त्रिक आन्दोलनका नेता एवं समाजवादका प्रवद्र्धक जननायक बीपी कोइरालाका विचारलाई जनस्तरमा पु¥याएर समृद्ध समाज निर्माण गर्नका लागि विसं २०७२ भदौ २४ मा नेपाली कांग्रेस (बीपी)को स्थापना गरिएको थियो ।
–––


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !