४ फाल्गुन २०८२, सोमबार

प्रतिनिधिसभाको आजको बैठकमा पनि एमाले सांसदको नाराबाजी


एमालेद्वारा संसद अवरुद्ध फाइल फोटो

काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका सांसदहरुले प्रतिनिधिसभाको आजको बैठक पनि अवरुद्ध पारेका छन् ।

एमालेले माधव नेपालसहित १४ सांसदलाई गरेको कारबाहीलाई सभामुख अनिप्रसाद सापकोटाले मान्यता नदिएको भन्दै एमालेले लगातार संसद अवरोध गर्दै आएको छ ।

आइतबार सभामुखले बैठक सुरु गर्नेवित्तिकै एमाले सांसदहरु वेलमा आई नाराबाजी गरिरहेका छन् ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !