६ जेष्ठ २०८१, आइतबार

सत्ता गठबन्धनका शीर्ष नेताहरूको बैठक सकियो, के भयो निर्णय ?


सत्ता गठबन्धनको बैठक फाइल फोटो

काठमाडौं । सत्ता गठबन्धनका शीर्ष नेताहरूको बैठक सकिएको छ। बैठकले संसद्को अवरोध हटाउन विपक्षी दलसँग वार्ता गर्ने निर्णय गरेको छ ।

आइतबार बिहान प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा करिव दुई घण्टा बसेको बैठकमा समयसामयिक राजनीतिक सबै विषयमा छलफल भए पनि प्राथमिकता भने संसद्को अवरोध हटाउने विषयले पाएको थियो ।

बैठकमा एक सहभागी नेताले भने, “संसद्को अवरोध हटाउने विषयमा विपक्षीसँग कुराकानी गर्ने भन्ने समझदारी भएको छ। अन्य विषय जो विगतदेखि हुँदै आएका छन्, ती सबै विषयमा पनि कुराकानी भएको छ ।”

उनले मन्त्रिपरिषद् विस्तारसहितका विषयमा भने कुनै निर्णय भइनसकेको जानकारी दिए ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु