५ जेष्ठ २०८१, शनिबार

संसदमा रणनीति र मन्त्रिपरिषद् विस्तारमा छलफल गर्न सत्तारुढ गठबन्धनको बैठक बस्दै


सत्ता गठबन्धनको बैठक फाइल फोटो

काठमाडौं । सत्तारुढ गठबन्धनको बैठक आज बस्दै छ । आइतबार बिहान १० बजे प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बैठक बस्न लागेको हो ।

बालुवाटार स्रोतका अनुसार बैठकमा संसदमा सत्तापक्षको रणनीति र मन्त्रिपरिषद् विस्तारका सन्दर्भमा छलफल हुने बुझिएको छ । आजै बस्न लागेको सत्ता गठबन्धनका नेताको बैठकले मन्त्रालयको भागबण्डा गर्न सकेमा बेलुकासम्म नयाँ मन्त्रीहरुको शपथ गराउने तयारी गरिएको छ ।

बैठकमा मन्त्रिपरिषद् विस्तार, सत्ता सञ्चालन तथा अमेरिकी सहयोग परियोजना लगायत विषयमा छलफल हुनेछ । सरकार बनेको दुई महिना बढी समय भइसक्‍दा पनि मन्‍त्रिपरिषद्‍ले पूर्णता पाउन सकेको छैन ।

सभामुख अग्निप्रसाद सापकोटाको भूमिकामाथि प्रश्न उठाउँदै प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले निरन्तर संसद् अवरोध गर्दै आएको छ । आजै आइतबार दिउँसो १२ बजे बस्न लागेको एमालेको बस्न लागेको संसदीय दलको बैठकले संसद्मा सभामुख अग्नि सापकोटाविरुद्ध प्रमुख प्रतिपक्षी एमाले झन् शशक्त प्रतिवाद गर्ने गर्ने रणनीति अवलम्वन गर्दै संसद् अवरुद्ध गर्ने भएको छ ।

यो पनि पढ्नुहोस्

सभामुखविरुद्ध शशक्त प्रतिवादको रणनीति बनाउन एमालेको संसदीय दलको बैठक आज बस्दै


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !