९ असार २०८१, आइतबार

सभामुखविरुद्ध शशक्त प्रतिवादको रणनीति बनाउन एमालेको संसदीय दलको बैठक आज बस्दै


एमाले संसदीय दल

काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेको संसदीय दलको बैठक आज बस्दै छ । आज आइतबार मध्यान्ह १२ बजे पार्टीको आगामी भूमिकाबारे रणनीति बनाउन दलको बैठक बस्न लागेको एमाले प्रचार विभाग प्रमुख योगेश भट्टराईले जानकारी दिए ।

आजै आइतबार दिउँसो १ बजे बस्न लागेको प्रतिनिधिसभाको बैठकअघि एमाले संसदीय दलको बैठक बस्न लागेको हो । आज संसद्मा सभामुख अग्नि सापकोटाविरुद्ध प्रमुख प्रतिपक्षी एमाले झन् शशक्त प्रतिवाद गर्ने गर्ने रणनीति अवलम्वन गर्दै संसद् अवरुद्ध गर्ने भएको छ ।

हिजो शनिबारको स्थायी कमिटी बैठकपछि पत्रकारहरूसँग कुरा गर्दै भट्टराईले आइतबारको ससद् चल्न नदिने संकेत गरेका थिए । भट्टराईका अनुसार सदनमा एमालेका सांसदहरुको भूमिकालाई थप स्पष्ट गर्न बैठक बोलाइएको हो ।

सभामुख सापकोटाको असमझदारीका कारण भन्दै गएको २३ गतेबाटै एमालेले लगातार संसद बैठक अवरुद्ध गर्दै आएको छ । सरकारले जबर्जस्ती बजेट, बजेट प्रतिस्थापन विधेयक मार्फत ल्याएको आरोप लगाउदै एमालेले आज बस्ने बैठकले सभामुख र सरकारविरुद्ध थप रणनीति तय गर्ने बुझिएको छ ।

एमालेले सभामुख अग्निप्रसाद सापकोटाको भूमिकामाथि प्रश्न उठाइरहँदा सभामुखले प्रमुख प्रतिपक्षीसंग संवाद समेत नगरी संसदका कारबाही अघि बढाउँदै आएका छन् । एमालेले संसद अवरुद्धको रणनीतिलाई केही परिमार्जन गरि यथावत राख्ने स्थायी कमिटीले निर्णय गरेको छ ।

यो पनि पढ्नुहोस्

एमालेको विधान महाधिवेशन सर्‍यो, अब असोज १५ गतेदेखि हुने


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !