१५ आश्विन २०८१, मंगलबार

पार्टी एकतापछि केन्द्रिय समिति ३५०, पोलिटव्यूरो १००, स्थायी समिति ४० सदस्यीय


CPN UML and Maoist

११ चैत, काठमाण्डौ । एमाले र माओवादी केन्द्रवीच वैशाख ९ गतेअघि नै पार्टी एकता हुने सम्भावना रहेको नेकपा एमालेका सचिव योगेश भट्टराइले बताएका छन् ।

नेपाली रेडियो नेटवर्कको कार्यक्रम नेपाली बहसमा ऋषि धमलासँग कुरा गर्दै भट्टराईले एकताका लागि सबै तयारी पूरा भएको भन्दै उनले छिटै एकता हुने बताए ।

प्रधानमन्त्री केपी ओली भारत भ्रमणमा जानुअघि नै एकता गर्ने प्रयास भइरहेको उनले बताए । “भारत भ्रमणमा एउटै पार्टीको अध्यक्ष र प्रधानमन्त्रीको रुपमा जाँदाखेरी महत्व ज्यादा हुने भएकाले भ्रमणअघि नै एकता गर्ने प्रयास भइरहेको छ ।” उनले भने ।

नेता व्यवस्थापनका लागि विभिन्न कमिटि र विभागको आकार ठूलो हुन सक्ने उनले बताए । दुई दल एक हुँदा तीन सय पचास जनासम्मको केन्द्रिय समिति हुन सक्ने भट्टराईले बताए ।

“दुई दल एक हुँदा तीन सयभन्दा बढि सदस्यीय केन्द्रिय समिति हुनु जम्बो होइन । किनभने एमालेको दुई सय ६ र माओवादीको चारहजार सदस्यलाई मिलाउँदा तीन सयभन्दा बढि हुनु सामान्य हो ।” उनले भने ।

पोलिटव्यूरो सदस्य एक सयको हाराहारीमा हुने उनले बताएका छन् । स्थायी समिति सदस्य ४० जनाको हाराहारीमा बनाउन लागिएको जानकारी उनले दिए । स्थानीयदेखि केन्द्रसम्म सबै नेता कार्यकर्तालाई सम्मानपूर्वक व्यवस्थापन गरिने भट्टराईको दाबी छ ।

पार्टी एक भएपछि सशक्त कम्युनिष्ट दल बन्ने दाबी गर्दै उनले कम्तिमा २५ र बढिमा ५० वर्षसम्म देशको शासन संचालन गर्ने भट्टराईले बताए । ५० वर्षपछिको अहिले नै किन घोषणा गर्ने भनेर नभनिए पनि लामो समयसम्म कम्युनिष्ट शासन रहने उनको भनाई छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !