८ मंसिर २०८१, शनिबार

संसद बैठक: प्रधानमन्त्री देउवाले किन माइक लुकाए ?


काठमाडौँ । प्रतिनिधिसभा बैठकमा अर्थमन्त्री जनार्दन शर्माले रोस्ट्रमबाट प्रतिस्थापन विधेयक पेस गरिरहँदा तल एमाले सांसदहरू नारााबाजी गरेका छन् ।

बैठकमै मर्यादापालकसँग घम्साघम्सी चल्यो । यही क्रममा एमाले सांसद रेखाकुमारीले गृहमन्त्री बालकृष्ण खाँणको टेबुलको माइक झिकेर रोस्ट्रमतर्फ हान्ने कोसिस गरिन् ।

त्यही क्रममा एमालेका अन्य सांसदले उनलाई रोके । माइक झिकेर हान्न खोजेपछि प्रधानमन्त्री शेरबहादुर देउवाले आफ्नो टेबल अगाडि रहेको माइक झिकेर लुकाए।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !