११ आश्विन २०८१, शुक्रबार

कांग्रेसमा मर्यादाक्रमलाई लिएर भाँडभैलो


Congress-Party-Office

११ चैत, काठमाण्डौ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको शुक्रबार बसेको केन्द्रीय कार्यसमितिको बैठकमा मर्यादाक्रमलाई लिएर भाँडभैलो भएको छ । शुक्रबारदेखि जारी बैठकमा धेरैजसो नेताको तारो बनेका सभापति शेरबहादुर देउवाले आफूमाथि नौ बुँदे आरोप लगाएका पूर्वमहामन्त्री तथा नेता प्रकाशमान सिंहमाथि आक्रोश पोखे ।

शनिबार नेताहरुको बाझाबाझ भएको विषय कुनै सैद्धान्तिक नभई मर्यादाक्रमका लागि थियो । शुक्रबार पार्टी मुख्यालय सानेपामा बसेको बैठकमा देउवानिकट नेता ज्ञानेन्द्रबहादुर कार्कीले मर्यादाक्रमको कुरा झिकेपछि चर्काचर्की भएको हो ।

बैठक सुरु गर्नुअघि पूर्वउपसभापति तथा नेता गोपालमान श्रेष्ठलाई वरिष्ठ नेता रामचन्द्र पौडैलसँगै बसाउनुपर्ने प्रस्ताव नेता कार्कीले गरेपछि हो–हल्ला मच्चिएको थियो । तर कार्कीले यो प्रस्ताव गर्नुअघि नै नेताहरुको कुर्सी र नेम प्लेट पनि मिालाएर राखिसकिएको थियो ।

मर्यादाक्रममा पौडेल र श्रेष्ठलाई सँगै राख्नुपर्ने कार्कीको प्रस्ताव पुरा हुन नपाउँदै पूर्वमहामन्त्री सिंहले त्यसमा आपत्ति जनाए । कार्कीले शीर्ष नेताको मर्यादाक्रम पहिले मिलाएर अन्यको विस्तारै मिलाउनुपर्ने पनि प्रस्ताव गरे ।

सिंहले सबैजना नेताहरुको मर्यादाक्रम प्याकेजमा टुंग्याएपछि मात्रै अन्य प्रस्तावहरु अघि बढाउनुपर्ने धारणा राखेका थिए । शुक्रबार नौ बुँदे गम्भीर आरोप लगाउँदै पार्टीले चुनाव हारेको दोष पनि आफूमाथि थोपरेपछि आक्रोशित भएका देउवा तत्कालै सिंहमाथि खन्निएका थिए ।

बैठकमा सहभागी एक केन्द्रीय सदस्यका अनुसार देउवाले सभापतिको कुर्सीबाट उठेर सिंहतर्फ लक्षित गर्दै भने, ‘किन धेरै बोल्नुपरेको ? छलफल भइरहेको छ त ।’ त्यसपछि बैठकमा बबाल सुरु भयो । तर, केही नेताले भने सभापति पनि विवादमा उत्रिनु उचित नहुने भन्दै सम्झाएपछि तनाव कम भएको थियो ।

देउवा सभापतिमा निर्वाचित भएपछि कांग्रेसमा अझै सांगठानिक व्यवस्थापन हुन सकेको छैन । लामो समयदेखि कांग्रेसमा मर्यादाक्रमको विवाद छ । देउवालाई यी कुरा चाँडो टुंग्याउन नेताहरुबाट दबाब पर्दै आएको छ ।

महाधिवेशनको दुई बर्ष बितिसक्दा पनि कांग्रेसले नेताहरुको मर्यादाकम तोक्न सकेको छैन । त्यहीकारण श्रेष्ठसहितका नेताले असन्तुष्टि जनाउँदै आएका थिए ।

श्निवारको बैठकमा बोलेका नेता नवीन्द्रराज जोशीले पार्टीमा एकआपसमै लडनु भन्दा पार्टी अगाडि बढ्ने विकल्प खोजन सबै नेताहरुमा आग्रह गरे । जोशीले सभापति देउवाले सबै पक्षलाई समेटन नसकेकै कारण पार्टीमा गुटगत खेल मैलाउदै गएको दावी गरेका थिए ।

‘सभापतिले सबै पक्षलाई समेटने प्रयास गरेको भए संसदीय दलको नेता प्रकाशमान सिंहको उम्मेदवार आउने वातावरण नै बन्ने थिएन’, उनले भने, ‘कांग्रेस भित्र पौडैल समुहको नेताका रुपमा चिनिएका जोशी पछिल्लो समयमा युवा नेताहरुको साथमा कांग्रेस पुनर्जागरण अभियानमा सक्रिय छन् ।

शनिवारको बैठकमा नरहरि आचार्यसहितका आठ नेताहरुले आफनो धारणा राखेका थिए । बोल्ने सबै नेताहरुले पार्टीको महासमिति बैठकको माग गरेका छन् । शनिवारको बैठकमा आचार्यसहित हरिप्रसाद नेपाल, नवीन्द्रराज जोशी, दिलेन्दप्रसाद वडु, कल्याण गुरुड, जीवनबहादुर शाही, गुरुराज घिमिरे र वीरबहादुर बलायरले बोलेका थिए ।-अन्नपूर्णपोष्टवाट


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !