२६ पुस २०८१, शुक्रबार

एमाले अध्यक्ष ओली एक्कासी अस्वस्थ, भेटघाट पुरै बन्द


केपी शर्मा ओली

भक्तपुर । पूर्वप्रधानमन्त्री एवं प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली एक्कासी अस्वस्थ भएका छन् । अध्यक्ष ओली हिजो शुक्रबारदेखि अस्वस्थ भएको एमालेका केन्द्रिय सदस्य एवं प्रचार विभाग उपप्रमुख सूर्य थापाले नेपालपत्रलाई बताए ।

थापाले भने, ‘हिजो भेटघाट बन्द हो, अलिकति ज्वरो आएको हो, धपडी भएको हो, अरु ठिकै छ, आराम गरिरहनु भएको छ ।’ हिजोदेखि आराम गरिरहनु भएकोले आज पनि भेटघाट बन्द नै छ होला होइन भने प्रश्नको उत्तर दिंदै थापाले अहिले अव धेरै भेटघाट भन्दा पनि आराम गरिरहनु भएको बताए ।

ओली अस्वस्थ भएपछि आज शनिबार उनी सहभागी हुने भनिएका सवै कार्यक्रमहरु स्थगित गरिएका छन् । आज शनिबार नेकपा (एमाले) काठमाडौं महानगर कमिटीले महानगरस्तरीय बृहत् कार्यकर्ता भेलामा अध्यक्ष ओलीले सम्बोधन गर्ने कार्यक्रम तय भएको थियो ।

एमाले विभाजन भएपछि नेता तथा कार्यकर्तासँगको भेटघाट र सक्रियताको कारणले धपेडी बढेको उनी अस्वस्थ भएका हुन् । थापाका अनुसार ओली अहिले बालकोटस्थित निवासमै आराम गरिरहेका छन् । अत्यावश्यक बाहेक सबै भेटघाट बन्द गरिएको उनले बताए ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !