४ बैशाख २०८१, मंगलबार

रावलको प्रश्न: गठबन्धनका लागि सरकार मन्त्रीको भागबन्डा र पार्टी फुटाउने मात्र हो ?


भीम रावल

काठमाडौँ । नेकपा एमालेका उपाध्यक्ष भीम रावलले दार्चुला जिल्लामा नेपालको हवाईक्षेत्र उल्लङ्घन गरी भारतीय हेलिकप्टर निरन्तर उडेको नेपाल सरकारलाई थाहा छ कि छैन ? भन्दै प्रश्न गरेका छन्।

उपाध्यक्ष रावलले अनुमति दिएको हो भने के प्रयोजनको लागि दिएको हो ? भन्दै प्रश्न गरेका छन्। उनले गठबन्धनका लागि सरकार भनेको मन्त्रीको भागबन्डा, पार्टी फुटाउने र सत्ता हत्याउने मात्र हो कि देश र जनताको सुरक्षा गर्नु हो भन्दै प्रश्न गरेका छन्।

उनले सामाजिक संजालमा लेखेका छन्, “दार्चुला जिल्लामा नेपालको हवाईक्षेत्र उल्लङ्घन गरी भारतीय हेलिकप्टर निरन्तर उडेको नेपाल सरकारलाई थाहा छ कि छैन? अनुमति दिएको हो भने के प्रयोजनको लागि दिएको हो? गठबन्धनका लागि सरकार भनेको मन्त्रीको भागबन्डा,पार्टी फुटाउने र सत्ता हत्याउने मात्र हो कि देश र जनताको सुरक्षा गर्नु हो ?”


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !