३ आश्विन २०८१, बिहीबार

काँग्रेस बलियो बन्दा लोकतन्त्र बलियो हुन्छ : प्रकाशमान सिंह


प्रकाशमान सिंह

काठमाडौँ । नेपाली कांग्रेसका पूर्वमहामन्त्री प्रकाशमान सिंहले प्रमुख सत्तारुढ दल नेपाली काँग्रेस बलियो बन्दा लोकतन्त्र बलियो हुने तर्क गरेका छन् ।

सामाजिक संजाल फेसबुकमा आज बिहान लेख्दै उनले नेपाल काँग्रेसको आसन्न १४ औं महाधिवेशनका क्रममा आजबाट वडा तहका अधिवेशन शुरू भएको परिप्रेक्षमा संगठनको मेरूदण्ड भनेकै वडा, क्षेत्र र जिल्ला तह भएको बताएका छन् ।

उनले वडामा सक्षम र सशक्त नेतृत्व चयन भए त्यसको प्रभाव केन्द्रसम्म पर्ने भएकोले लोकतान्त्रिक विधि–प्रक्रिया र स्वस्थ प्रतिस्पर्धाबाट वडा अधिवेशनले सक्षम र सबल नेतृत्व चयन गरोस् भन्ने शुभकामना व्यक्त गरेका छन् ।

संविधानको रक्षा, संघीयता, समावेशीता, समानुपातिक सहभागिता, युवा प्रतिनिधित्वलाई थप मजबुत बनाउनसक्ने र देशलाई गति दिन सक्ने, समृद्धिको बाटोमा लैजान सक्ने भिजनसहितको नेतृत्व आजको आवश्यक्ता भएको उनले बताएका छन् ।

राष्ट्रिय राजनीतिमा दूरगामी प्रभाव राख्ने कांग्रेस महाधिवेशन एउटा उत्सव पनि भएकोले काँग्रेस बलियो बन्दा लोकतन्त्र बलियो हुने उनको भनाई रहेको छ । काँग्रेसलाई बलियो बनाउने नेतृत्व जन्माउन वडा अधिवेशन सफल होस् भन्ने कामना पनि व्यक्त गरेका छन् ।

काँग्रेसलाई बलियो बनाउने नेतृत्व जन्माउन तल्ला तहबाटै प्रयत्नहरू अघि बढाउन पनि उनले देशभरका नेता-कार्यकताहरूसँग अपिल गर्दै वडा अधिवेशन विधिसम्मत क्षमतावान नेतृत्व चयन गर्न सफल होस्, हार्दिक शुभकामना व्यक्त गरेका छन् । साथै उनले स्वास्थ्य मापदण्ड पालना गरौं, बाचौं र बचाऔं पनि भनेका छन् ।
प्रकाशमान सिंह


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !