१२ बैशाख २०८१, बुधबार

सरकारले एमसीसी उपाध्यक्षलाई बोलाएर राष्ट्रघाती सम्झौता गर्न खोजेको रावलको खुलासा


भीम रावल

काठमाडौं । नेकपा एमालेका उपाध्यक्ष भीम रावलले सरकारले एमसीसी अघि बढाउन खोजेको आरोप लगाएका छन् । उपाध्यक्ष रावलले एमसीसी उपाध्यक्षलाई नेपाल बोलाएर प्रधानमन्त्री शेरबहादुर देउवाले राष्ट्रघाती सम्झौता गर्न खोजेको रावलको आरोप छ ।

रावलले सामाजिक संजाल ट्वीटरमार्फत अस्थिर राजनीतिक वातावरणमा एमसीसीकी उपाध्यक्षलाई बोलाई राष्ट्रघाती सम्झौता अघि बढाउने षडयन्त्र भइरहेको बताएका हुन्

उनले सामाजिक संजालमा लेखेका छन्, “नेपालमा द्वन्द्व पछिअस्थिर राजनीतिक स्थितिमा एमससी सम्झौताको चाँजो मिलाइयो फेरी अहिले अस्थिर राजनीतिक वातावरणमा एमसीसीकी उपाध्यक्षलाई बोलाई राष्ट्रघाती सम्झौता अघि बढाउने षडयन्त्र हुदैछ।सरकार जनअनुमोदित होइन।देशलाई दीर्घकालीन असर पार्ने सम्झौता गर्ने जनादेश सरकारलाई प्राप्त छैन।”

एमसीसीकी उपाध्यक्ष फातेमा जे सुमर अर्को साता नेपाल आउने तय भएको छ । उनको साथमा अर्का सहायक उपाध्यक्ष जोनाथन ब्रुक्स पनि नेपाल आउने छन् ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !