२ जेष्ठ २०८१, बुधबार

सिंहदरबारमा प्रचण्ड र माधव नेपालबीच ‘वान टु वान’ वार्ता, के भयो कुराकानी ?


प्रचण्ड-नेपाल

काठमाडौँ । सत्ता गठबन्धनका दुई दलहरु नेकपा माओवादी केन्द्र र नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधवकुमार नेपालबीच आज सिंहदरबारमा ‘वान टु वान’ वार्ता भएको छ ।

सिंहदरबारस्थित माओवादी केन्द्रको संसदीय दलको कार्यालयमा दुई अध्यक्षबीच लगभग २० मिनेट जति ‘वान टु वान’ वार्ता भएको माओवादी स्रोतले बताएको छ । दुई अध्यक्षवीच भएको छलफलमा सरकारमा सहभागिता र सरकारका काममा केन्द्रित रहेको नेपालनिकट एक नेताले बताए ।

प्रधानमन्त्री भएको डेढ महिना भइसक्दा पनि देउवाले मन्त्रिपरिषद्लाई पूर्णता नसकेको भनेर उनको आलोचना हुँदै आएको छ । सत्ता गठबन्धनमा सहमति नजुट्दा लामो समयसम्म सरकारले पूर्णता पाउन सकेको छैन ।

न्त्रिपरिषद् विस्तारका लागि सत्ता गठबन्धनका दलहरुवीच चरम विवाद उत्पन्न भएको छ । मुख्य रुपमा सत्ता गठबन्धनका दल नेकपा (एकीकृत समाजवादी) पार्टी र जनता समाजवादी पार्टीबीच मालदार मन्त्रालयका विषयमा विवाद भएपछि प्रधानमन्त्री देउवालाई मन्त्रिपरिषद्लाई पूर्णता दिन सकस पैदा भएको हो ।

मालदार मन्त्रालय कसले पाउने भन्ने बारेमा नेकपा (एकीकृत समाजवादी) पार्टीका अध्यक्ष माधव नेपालको दावीमा जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादवले आपत्ति जनाएपछि मन्त्रिपरिषद् विस्तारमा सत्ता गठबन्धनका दलहरुवीच लफडा उत्पन्न भएको हो ।

सरकारले चीनसँग सीमा जोडिएको हुम्लाको नाम्खामा नेपाली भूभाग अतिक्रमण भए-नभएकोबारे अध्ययनका गृह मन्त्रालयका सहसचिवको संयोजकत्वमा एक कार्यदल गठन गर्ने निर्णय गर्नुको साथै सरकार र अमेरिकी मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) बीचको सम्झौतालाई कसरी अघि बढाउने भन्नेबारे समेत छलफल भइरहेका बेला दुई अध्यक्षबीचको भेटवार्ता हुनुलाई अर्थपूर्ण रुपमा हेरिएको छ ।

यो पनि पढ्नुहोस्

मन्त्रिपरिषद्लाई पूर्णता दिन देउवालाई सकस : मालदार मन्त्रालयमा माधवको दावीमा उपेन्द्रको आपत्ति

देउवाले मन्त्रिपरिषद् विस्तार नगर्दा गठबन्धनका नेताहरु नै असन्तुष्टि


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !