नेपाली कांग्रेसका केन्द्रीय सदस्य मीन विश्वकर्माले केन्द्रीय सदस्य र नेपाल दलित संघको अध्यक्षबाट राजीनामा दिएका छन् । निर्वाचन निर्देशिकाप्रति आपत्ति जनाउँदै आज उनले दिएका हुन् ।
उनले १३औं महाधिवेशनसम्म प्रत्येक वडाबाट न्यूनतम ५ मा १, ७ मा १ र ९ मा १ तथा प्रतिनिधिसभा क्षेत्रमा ११ मा १ जना दलित महाधिवेशन प्रतिनिधि सुनिश्चित गरिएको बताएका छन् । तर विधानको गलत व्याख्या गरेर दलित समुदायलाई पार्टी प्रवेश र प्रतिनिधित्वमा निषेध गरेको उनको आरोप छ ।