६ जेष्ठ २०८१, आइतबार

कल्याण गुरुङले आज कांग्रेसमा सभापति उमेदवारी घोषणा गर्दै


कल्याण गुरुङ

काठमाडौं । प्रमुख सत्तारुढ दल नेपाली कांग्रेसमा सभापतिका आकांक्षी धेरै देखिएका छन् । काँग्रेसमा जति बढीले सभापतिमा उमेदवारी दिन्छन्, उति नै प्रधानमन्त्री समेत रहेका वर्तमान सभापति शेरबहादुर देउवालाई नै जित्न सहज हुने देखिन्छ ।

यसैक्रममा नेपाली कांग्रेसका युवा नेता एवं केन्द्रीय सदस्य कल्याण गुरुङले आगामी १४औ महाधिवेशनमा सभापति पदमा आज उमेदवारी घोषणा गर्दैछन् । गुरुङले आज बुधबार दिउँसो साढे २ बजे पत्रकार सम्मेलनको आयोजना गरेर सभापति पदमा उमेदवारी घोषणा घोषणा गर्ने भएका हुन् ।

काठमाडौंको अनामनगरस्थित युनियन हाउसमा पत्रकार सम्मेलन गरी गुरुङले उमेदवारी घोषण गर्न लागेका हुन् । कांग्रेसको १४ औँ महाधिवेशनका लागि गुरुङले सभापतिमा उमेदवारी घोषणा गर्ने र आफ्नो अरू टिम भनेपछि सार्वजनिक गर्ने बताइएको छ ।

यसअघि कांग्रेस सभापतिका लागि उपसभापति विमलेन्द्र निधिले उमेदवारी घोषणा गरेर तयारी थालिसकेका छन् । निधिले आफू सभापतिमा लड्ने घोषणा गरिसकेकोले अब कुनैपनि हालतमा ब्याक नहुने बताउँदै आएका छन् । उनले नयाँ बानेश्वरमा सम्पर्क कार्यालय नै खोलेर भाद्र ११ गते शुक्रबार सभापतिको लागि चुनावी अभियान नै सञ्चालन गरेका छन् ।

यो पनि पढ्नुहोस्

आगामी महाधिवेशनमा सभापतिमा उठ्ने विमलेन्द्र निधिको घोषणा


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु