६ जेष्ठ २०८१, आइतबार

मन्त्रिपरिषद् विस्तारबारे बालुवाटारमा बैठक जारी


सत्ता गठबन्धनको बैठक

काठमाडौं । मन्त्रिपरिषद्लाई पूर्णता, मन्त्रालय भागबन्डालगायत विषयमा छलफल गर्न सत्तारूढ गठबन्धनमा आबद्ध दलका नेताहरूको बैठक आज पनि जारी छ । बालुवाटारस्थित प्रधानमन्त्रीको सरकारी निवासमा भर्खरै बैठक सुरु भएको बताइएको छ ।

आज मन्त्रालयको भागबन्डा टुंग्याउने सत्तारूढ दलहरूको तयारी छ । यसअघि, सोमबार बिहान बालुवाटारमै बसेको सत्तारूढ दलका शीर्ष नेताको बैठकमा मन्त्रिपरिषद्लाई छिट्टै पूर्णता दिने सहमति भएको बताइएको थियो ।

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा प्रधानमन्त्री बनेको ४० दिनसम्म पनि मन्त्रिपरिषद्ले पूर्णता पाउन सकेको छैन ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !