७ जेष्ठ २०८१, सोमबार

एमालेको अध्यक्षका लागि योग्य छु : महासचिव पोखरेल


ईश्वर पोखरेल फाइल फोटो

काठमाडौं । प्रतिपक्ष नेकपा एमालेका महासचिव ईश्वर पोखरेलले पार्टी अध्यक्षमा दावी गर्न आफू योग्य रहेको दावी गरेका छन् । सोमबार पत्रकारसँगको कुराकानीमा पोखरेलले उम्मेदवार हुने नहुने भन्ने देशको परिस्थिति र कार्यकर्ताको चाहनामा भर पर्ने बताए ।

उनले आफू क्षमता, निष्ठा, इतिहास र निरन्तरताका आधारमा एमालेको अध्यक्षका लागि नेता हुनका लागि आफू योग्य रहेको बताए ।

उनले भने, ‘म व्यक्तिगत ढंगले भने मेरो हिस्ट्री मेरो निरन्तरताले मेरो क्षमता, म डिजर्भ गर्छु भनिरहनै परेन । तर देशको परिस्थिति कस्तो हुन्छ, देशभरिको कार्यकर्ताको चाहना के हुन्छ ?’


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !