११ बैशाख २०८१, मंगलबार

महामन्त्रीमा उम्मेद्धवारी दिन्छु : गगन थापा


गगन थापा फाइल फोटो

नेपाली कांग्रेसका नेता गगन थापाले आसन्न १४औं महाधिवेशनमा महामन्त्रीमा उम्मेद्धवारी दिने घोषणा गरेका छन् । सोमबार काठमाडौं कांग्रेस ३० नम्बर वडाले आयोजना गरेको कार्यक्रममा बोल्दै नेता थापाले महामन्त्रीमा उम्मेद्धवारी दिने घोषणा गरेका हुन् ।

उनले आफूले तामझाम गरेर अथवा सम्पर्क कार्यालय खोलेर उम्मेद्धवारी घोषणा गर्नेभन्दा पनि जनताकै बीचमा उभिएर घोषणा गरेको सुनाए । उनले भने,‘मैले तपाईँहरुलाई साक्षी राखेर उम्मेद्धवारी घोषणा गरेको छ । मैले यहाँबाट घोषणा गर्दा विगतमा पनि सफलता प्राप्त गरेको छु । आशा छ, यसपटक पनि म सफल हुन्छु ।’

थापाले आफ्नो दावेदारीको आधार आफ्ना आग्रज नेता तथा कार्यकर्ता भएको भन्दै आफुले महामन्त्री पदमा उम्मेदवारी दिने घोषणा गरेको स्पष्ट पारे ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !