९ असार २०८१, आइतबार

माधव नेपालको घोषणा : दोस्रो पुस्तालाई नेतृत्व हस्तान्तरण गर्न तयार छु


माधव नेपाल

काठमाडौँ । नेकपा एमाले विभाजन गराएर नवगठित नेकपा (एकीकृत समाजवादी) पार्टी बनाएका सो पार्टीका अध्यक्ष माधवकुमार नेपालले दोस्रो पुस्तालाई नेतृत्व हस्तान्तरण गर्न तयार घोषणा गरेका छन् ।

आफ्नो पार्टी निकट पेशागत महासंघ, नेपाल बागमती प्रदेश समितिले शनिबार ललितपुरमा आयोजना गरेको कार्यक्रममा बोल्दै अध्यक्ष नेपालले पार्टी विभाजनपछि आफूहरुलाई साथ नदिएका एमालेका दोस्रो पुस्ताका नेताहरु पार्टीमा आए नेतृत्व छोड्न तयार रहेको घोषणा गरेका हुन् ।

उनले आफ्ना साथ छाडेका विगतमा तेस्रो धारको रुपमा परिचित एमालेका दोस्रो पुस्ताका नेताहरुलाई पार्टीमा आउन आह्वान गरेका छन् । उनले आफूले पदका लागि कहिल्यै पनि लडाइँ नगरेको पटक-पटक दोहोर्‍याए ।

अध्यक्ष नेपालले केपी ओली प्रतिगामी कदम सच्याउन तयार नभएपछि नयाँ पार्टी पुनर्गठन गर्नु परेको तर्क समेत गरे । उनले आफूविरुद्ध ओलीले कुप्रचार गरेको भन्दै आक्रोशसमेत व्यक्त गरे ।

आफूविरुद्ध कुप्रचार भइरहेको भन्दै अध्यक्ष नेपालले त्यस्ता झूट प्रचारको भ्रममा नपर्न पनि पार्टीका नेता, कार्यकर्तालाई सचेत गराए । अध्यक्ष नेपालले समाजवादको बाटो तय गर्दै देश र जनताको हितमा केन्द्रित भइ काम गर्ने आफ्नो पार्टीको लक्ष्य रहेको पनि बताए ।

यो पनि पढ्नुहोस्

ओलीले भने- एक-दुई पात पहिलो भएर खस्दैमा रुखलाई फरक पर्दैन


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !