१० मंसिर २०८१, सोमबार

तनावमा रहेका सभापति देउवा र पौडेलवीच भेटवार्ता हुँदै


शेर बहादुर देउवा र रामचन्द्र पौडेल फाइल फोटो

काठमाडौं । प्रधानमन्त्री समेत रहेका नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र वरिष्ठ नेता रामचन्द्र पौडेलबीच भेटवार्ता हुने भएको छ । देउवा र पौडेलबीच आज अपरान्ह भेटघाट हुन लागेको हो ।

काँग्रेसमा पौडेल पक्षले सभापति देउवालाई पार्टीको क्रियाशील सदस्यता सम्बन्धी विवाद तत्काल टुंगो लगाई पार्टीको महाधिवेशन समयमै सम्पन्न हुने गरी प्रक्रिया शुरु गर्न थप दबाब दिँने रणनीति अपनाएको छ ।

आज बिहान मात्र काठमाडौँको चाक्सीबारीस्थित नेता प्रकाशमान सिंहदको निवासमा बसेको पौडेल पक्षीय नेताहरूको बैठकले पार्टी सभापति देउवासँग भेट गरी पार्टीको क्रियाशील सदस्यता सम्बन्धी बाँकी विवाद तत्काल टुंगो लगाई महाधिवेशनको प्रक्रिया छिटो सुरु गर्न दबाब दिन लागेको नेता डा. मीनेन्द्र रिजालले जानकारी दिए ।

बैठकमा पार्टीका जिल्ला सभापतिहरूको माग अनुसार छिटो क्रियाशील सदस्यहरूको नामावली सार्वजनिक गरी महाधिवेशनको प्रक्रिया सुरु गर्न देउवालाई दबाब दिने निर्णय गरिएको थियो ।

नेपाली काँग्रेसको महाधिवेशन वैधानिक ढंगले आगामी मंसिर ९ गतेदेखि १३ गतेसम्म गर्न यही भदौ १८ गते देशभरको वडा अधिवेशन सम्पन्न गर्नुपर्ने भएतापनि सभापति देउवा पार्टीको क्रियाशील सदस्यता सम्बन्धी विवाद र समयमै पार्टीको महाधिवेशन गर्न असक्षम भई तनावमा रहेका छन् ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !