५ जेष्ठ २०८१, शनिबार

महन्थ ठाकुरको दल लोकतान्त्रिक समाजवादी पार्टी निर्वाचन आयोगमा दर्ता


महन्थ ठाकुर निर्वाचन आयोगमा

काठमाडौँ । महन्थ ठाकुर नेतृत्वमा निर्वाचन आयोगमा लोकतान्त्रिक समाजवादी पार्टी नेपाल दल दर्ता भएको छ । उक्त पार्टीको चुनाव चिन्ह भने साइकल रहेको छ ।

ठाकुरको नेतृत्वमा भएको लोकतान्त्रिक समाजवादी पार्टीले निर्वाचन आयोगबाट नयाँ दल दर्ताको प्रमाणपत्र प्राप्त गरेको हो । महन्थ ठाकुर अध्यक्ष रहेको पार्टीमा राजेन्द्र महतो बरिष्ठ नेता रहेका छन् । उक्त पार्टीमा ३१ सदस्यीय केन्द्रीय कार्यकारिणी समिति रहने गरी नामावली बुझाइएको छ ।

आयोगले तोकेकै समयमा पुगेर ठाकुर नेतृत्वको प्रस्तावित सो पार्टीले नयाँ दल दर्ताका लागि निवेदनमा उल्लेख भएकाको नाममा आज सनाखत गरेको थियो । आयोगले अपरान्ह २ बजेसम्मका लागि दिएको समयभित्रै पुगेर नेताहरुले सनाखत गरेका थिए ।

नयाँ दल दर्ताका लागि जनता समाजवादी पार्टी (जसपा) का ५१ सदस्यीय कार्यकारिणी समितिका १७ जनाले सनाखत गरेका थिए । यो कुल सदस्य सङ्ख्याको ३३ प्रतिशत हो । यस्तै राष्ट्रियसभाका तीन र प्रतिनिसिभाका ३४ गरी ३७ सांसदमध्ये १५ जना अर्थात करिब ३७ प्रतिशतले सनाखत गरेको जनाइएको छ । उक्त पार्टीका २ जना सांसद भने हाल निलम्बित छन् ।

सनाखतपछि पत्रकारसँगको संक्षिप्त कुराकानीका क्रममा ठाकुरले दर्तापछि नयाँ पार्टीलाई सशक्त लोकतान्त्रिक शक्तिको रुपमा अघि बढाउने जानकारी दिएका छन् । सरकारले हालै ल्याएको अध्यादेशमा दल विभाजन हुन केन्द्रीय समिति वा संसदीय दलमा २० प्रतिशत पुगे हुने प्रावधान रहेको छ ।

यो पनि पढ्नुहोस्

प्रस्तावित लोकतान्त्रिक समाजवादी पार्टीद्वारा तोकिएको समयमै सनाखत

राजनीतिक दलसम्बन्धी नियमावली राजपत्रमा प्रकाशित, नेपाल र ठाकुरको लागि हट्यो कानुनी अड्चन

आयोगद्वारा नियमावली संशोधन, नेपाल र ठाकुरलाई दल दर्ताको मार्ग प्रशस्त

दल दर्ता गर्न पुन: निवेदन दिनुपर्ने गरी निर्वाचन आयोगले गर्‍यो नियमावली संशोधन

राष्ट्रपति भण्डारीद्वारा राजनीतिक दलसम्बन्धी अध्यादेश जारी

देउवा सरकारले ल्यायो अध्यादेश : अव २० प्रतिशतले पार्टी फुटाउन पाउने


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !