१२ आश्विन २०८१, शनिबार

माधव नेपालले सुनको पिंजडा लगेर नेताहरुलाई चन्द्रागिरीमा राखे : केपी ओली


केपी शर्मा ओली फाइल फोटो

काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रस्तावित नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधव कुमार नेपालले सुनको पिंजडा लगेर नेताहरुलाई चन्द्रागिरी रिसोर्टमा लागेको आरोप लगाएका छन् ।

आज बुधबार एमालेद्वारा आयोजित पत्रकार सम्मेलनलाई सम्बोधन गर्दै उनले नेपालले राम्रो रिसोर्टमा मिठो खुवाए पनि पार्टीका साधारण कार्यकतादेखि स्थायी कमिटी सदस्यसम्मका नेता-कार्यकर्ताहरुलाई लोभ-प्रलोभनमा पारेर अपहरण शैलीमा जबरर्जस्ती चन्द्रागिरी लागेको टिप्पणी गरेका छन् ।

ओलीले एमाले फुटाउन नेपालले सांसदहरुलाई घर-घरबाट थुतेर चन्द्रागिरीमा लगेर थुनेर राखेको आरोप लगाए । बलजफ्ति, अपहरणकारी र ज्यादतीपूर्ण ढंगले एमालेका सांसदहरुलाई चन्द्रागिरीमा लगेर थुनेर राखेको उनले बताएका हुन् ।

सांसदहरु जस्ता मान्छेलाई थुनेर फकाइ-फकाइ लगेर, राम्रै विस्तारमा सुतेर, राम्रै खान दिएर मान्छे घर-घरबाट तानेर थुनिएको कटाक्ष गरेका छन् । उनले रिसोर्ट वा चाहे फइभस्टारमा होटलमै राखेको भएपनि ‘त्यो सांसदहरुलाई थुनिएकै हो’ भनेर दावी गरे ।

एमालेले आयोजना गरेको जारी पत्रकार सम्मेलनमा अहिले ओलीले पत्रकारले सोधेका प्रश्नहरुको जवाफ दिइरहेका छन् । एमालेले पार्टी स्थायी कमिटी बैठकका निर्णयहरू स्पष्ट गर्न तथा समसामयिक विषयहरूमा प्रकाश पार्न आयोजना पत्रकार सम्मेलन आयोजना गरेको हो ।

एमालेले पार्टी पदाधिकारी र स्थायी कमिटी सदस्यहरूकाे उपस्थितिमा ललितपुरको च्यासलस्थित तुलसीलाल स्मृति प्रतिष्ठान भवनमा विशेष पत्रकार सम्मेलन आयाेजना गरिएको हो । आज शुरु भएको पत्रकार सम्मेलनमा पार्टी जीवनको पछिल्लो अवस्था र देशको समसामयिक राजनीतिक अवस्थाको बारेमा एमालेको धारणा राखेको हो ।

यो पनि पढ्नुहोस्

पत्रकार सम्मेलनमा योगेशले भने- दल विभाजन हुँदा अतिवादी शक्ति मौलाउने खतरा बढ्यो


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !