१७ असार २०८१, सोमबार

सभामुख सापकोटाको दाँतको शल्यक्रिया


अग्नि सापकोटा

काठमाडौँ । सभामुख अग्निप्रसाद सापकोटाको आज दाँतको सामान्य शल्यक्रिया गरिएको छ । बिहान वीर अस्पतालको दन्त विभागमा उहाँको ‘माइनर ओरल सर्जरी’ गरी दायाँपट्टि तल्लो भागको एउटा दाँत निकालिएको हो ।

सभामुखका सञ्चारविज्ञ श्रीधर न्यौपानेका अनुसार अस्पतालको दन्त विभाग प्रमुख डा शैली प्रधान, डा किशोर भण्डारीलगायत टोलीले जाँच पश्चात् शल्यक्रिया गरेको थियो ।

दाँतमा समस्या आएपछि एक महिनाअघि शल्यक्रियाका लागि उहाँले समय लिनुभएकोे थियो । उपचार प्रक्रिया जारी रहेकाले अहिले निवासमै आराम गरिरहनुभएका सभामुख सापकोटाले चिकित्सक टोलीलाई धन्यवाद दिनुभएको बताइएको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !