६ जेष्ठ २०८१, आइतबार

माओवादीवाट बन्ने थप मन्त्रीको नाम टुंग्याउन बैठक शुरु


माओवादी संसदीय दलको बैठक फाइल फोटो

काठमाडौं । नेकपा माओवादी केन्द्रको स्थायी कमिटी बैठक जारी रहेको छ । बैठक बिहान ११ बजेदेखि केन्द्रीय कार्यालय पेरिसडाँडामा शुरु भएको एक नेताले जानकारी दिए ।

बैठक हिजो शनिबार पनि बसेको थियो । बैठकमा तल्लो तहसम्मको सांगठानिक संरचना, नेताहरुको कार्यविभाजन, पार्टीको राष्ट्रिय सम्मेलन लगायतका विषयमा छलफल भएको थियो ।

आजको बैठकमा नेताहरुको कार्यविभाजन तथा पुस ११ देखि १३ गतेसम्म हुने राष्ट्रिय सम्मेलनको तयारीको विषयमा टुंगो लगाइने प्रवक्ता श्रेष्ठले बताए ।

यस्तै माओवादी केन्द्रबाट सरकारमा सहभागी हुने मन्त्रीको नामको विषयमा पनि छलफल हुने बताइएको छ । स्रोतका अनुसार नारायणकाजी श्रेष्ठ, सुदन किराँती, देव गुरुङ, देवेन्द्र पौडेल लगायत नेताहरु मन्त्री बन्ने चर्चा छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु