काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष कमल थापाले राप्रपाको ‘स्थानीय तह निर्वाचन परिचालन समिति’ को संयोजकको जिम्मेवारीबाट अलग हुने निर्णय गरेका छन् ।
सामाजिक संजाल ट्वीटरमा आज बिहान लेख्दै उनले अध्यक्षद्वय पशुपति शमसेर राणा र डा.प्रकाशचन्द्र लोहनीमध्ये एकले सो जिम्मेवारी लिन वा पार्टीका अन्य कुनै बरिष्ठ नेतालाई संयोजक बनाउन उनले आग्रह गरेका छन् ।
राष्ट्रपति विद्यादेवी भण्डारीले राजनीतिक दल विभाजन सम्वन्धी अध्यादेश जारी गरेसंगै यसको असर एमाले र जसपाको साथै अन्य दलमा पनि पर्ने संकेत देखिन थालेको अनुमान गर्न सकिन्छ ।
उनले लेखेका छन्, ‘राप्रपाको ‘स्थानीय तह निर्वाचन परिचालन समिति’को संयोजकको जिम्मेवारीबाट अलग हुने निर्णय गरेको छु । अध्यक्षद्वय पशुपति शमसेर राणा र डा.प्रकाशचन्द्र लोहनी मध्य एकले सो जिम्मेवारी लिन वा पार्टीका अन्य कुनै बरिष्ठ नेतालाई संयोजक बनाउन आग्रह गरेको छु ।’
राप्रपाको ‘स्थानीय तह निर्वाचन परिचालन समिति’को संयोजकको जिम्मेवारीबाट अलग हुने निर्णय गरेको छु।
अध्यक्षद्वय पशुपति शमसेर राणा र डा.प्रकाशचन्द्र लोहनी मध्य एकले सो जिम्मेवारी लिन वा पार्टीका अन्य कुनै बरिष्ठ नेतालाई संयोजक बनाउन आग्रह गरेको छु pic.twitter.com/qegkbz6tzA— Kamal Thapa (@KTnepal) August 21, 2021